लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

pakrau

झापा, १४ मंसिर । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती सवाँ ७ बजे लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो ।

भद्रपुर नगरपालिका–४ डाँगीबारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भद्रपुर–४ का १९ बर्षीय पुष्कर थापा र २१ बर्षीय राजन माझी, भद्रपुर–५ का २६ बर्षीय मदन बिक र हल्दिवारी गाउँपालिका–१ का लोकेन्द्र गुराँगाईलाई ७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै शनिवार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान– १० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ । यस्तै सोही टोलीले धरान–३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनीहरु माथी थप अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);