क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे मनाउँदै

काठमाडौं, १० पुष । नेपाल लगाएत विश्वका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे मनाइरहेका छन् । येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास मानिन्छ ।

क्रिश्चियन धर्मालम्बीहरूले धुमधामका साथ मनाउने क्रिसमस डे यो वर्ष भने विश्वव्यापी कोरोना संक्रमणको महामारीका कारण धेरै मुलुकहरुले समान्य रुपमा मनाउन निर्देशन र आग्रह गरिरहेका छन् ।

यसैबीच क्रिसमस डे को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगाएतका शीर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गर्दै यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ । अघिल्लो वर्ष नै मन्त्रिपरिषद्ले क्रिसमसमा सम्बन्धित धर्मालम्बीलाई मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);