नेपाल सहित विश्वभर येशु ख्रीष्टको जन्मोत्सव मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

नेपाल सहित विश्वभर येशु ख्रीष्टको जन्मोत्सव मनाइँदै

प्रतिक्षा शर्मा

काठमाडौं, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव सोमबार नेपाल सहित विश्वभर नै मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिबसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।

ईस्बी संवत अनुसार हरेक वर्षको डिसेम्बर २५लाई क्रिसमस डे का रुपमा मनाइन्छ । क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन् गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । यस दिनमा ख्रिष्टीयनहरुले एकआपसमा मिलेर चर्चमा गई भजन गाउने, नाच गान गर्ने र प्रार्थना गर्दै येशुको जन्मदिन मनाउने चलन छ ।

येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् समेत प्रचलनमा आएको मानिन्छ । राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ ।

क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायतका स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ भने क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।

हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको अनुमान छ । ‘क्रिसमस डे’को दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);