प्रतिनिधिसभा समानुपातिकको परिणाम सार्वजनिक गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १० पुस । एमालेका नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसंग आग्रह गरेका छन् ।

संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज थलीमा आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो माग गरेका हुन् ।

प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले विलम्ब गर्न नहुनेमा उनको जोड थियो । उनले संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्व प्रधानमन्त्री नेपाले प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा राष्ट्रियसभा गठनको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको नेपालले आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);