नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न आयोगलाई गठबन्धनको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक गर्न वाम गठबन्धनकाे माग –

काठमाडौं, १७ पुस । बाम गठबन्धनले तत्काल प्रतिनिधिसभा र प्रदेशसभाको सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगलाई दवाव दिएको छ ।

बाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रका नेतृत्वहरुले सोमबार निर्वाचन आयोगका पदाधिकारीसँग सामूहिक भेटगरी तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गरी नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

संविधान र कानुन अनुसार पनि आयोगले निर्वाचन सम्पन्न भएको ७ दिन भित्र सम्पूर्ण मतपरिणाम सार्वजनिक गरिसक्नुपर्ने उल्लेख भएकाले सोही अनुसार अघि बढ्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण

बाम गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्न समेत ढिलाई भईरहेकोतर्फ पनि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । निर्वाचन ऐन बने पनि राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्न समेत सरकारले ढिलाई गरेकोमा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको एमाले उपाध्यक्ष भीम रावलले बताए ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने अडान लिएपछि बाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रले सरकार गठन प्रक्रियानै अवरुद्ध हुनेगरी निर्वाचनको परिणाम सार्वजनिक गर्न ढिलाई गरेको भन्दै निर्वाचन आयोगको आलोचना गर्दै आएका छन् ।

आयोगसँगकाे सामूहिक भेट वार्तामा एमालेका उपाध्यक्ष भीम रावल, सुवासचन्द्र नेम्वाङ,  अग्नी खरेल, माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा, वर्षमान पुन, रामनारायण बिडारीलगायतका नेता सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);