शहरी विकास मन्त्री दिलनाथ गिरी बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शहरी विकास मन्त्री दिलनाथ गिरी बर्खास्त

काठमाडौं, १७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् । राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा र गिरीबीच बिबाद भएपछि थापाले गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्रचार गरेका थिए ।

राप्रपाले फिर्ता बोलाउन पत्र पठाएपछि प्रधानमन्त्री देउवाले शहरी विकास मन्त्री गिरीलाई बर्खास्त गरेका हुन् । गिरीको बर्खास्तगीसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);