थापालाई सहरी विकासको जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं ऊर्जामन्त्री कमल थापालाई दिएका छन् । राप्रपा अध्यक्ष थापाको सिफारिसमा देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका थिए ।

गिरी हटेपछि प्रधानमन्त्रीले राप्रपाको भागमा परेको मन्त्रालयको जिम्मेवारी थापालाई दिएका हुन् । मन्त्रालयअन्तर्गतका नियुक्तिमा अध्यक्षको हस्तक्षेप भएको र सचिव चयनमा समेतपार्टीको अनावश्यक हस्तक्षेप भएको भन्दैगिरीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा आपत्ति जनाएका थिए ।आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);