एपेक बैठकमा सहभागी हुन दक्षिण कोरियाका राष्ट्रपति चीनमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८३, बुधवार

एपेक बैठकमा सहभागी हुन दक्षिण कोरियाका राष्ट्रपति चीनमा

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३ औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन बुधबार चीनको सेन्जेन पुगेका छन् । चीनको दक्षिणी ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १८ र १९ मा आयोजना भइरहेको बैठकमा सहभागी हुन राष्ट्रपति ली त्यहाँ पुगेका हुन् । बैठकमा एशिया–प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदैछन् । सम्मेलनमा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार, लगानी तथा आर्थिक विकासका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

Leave a Reply