माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । त्यसबारे माओवादी लगायत सवै दल आन्तरिक छलफलमा जुटेका हुन् ।

यसैबीच देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दैछ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू, एमाले नेता माधवकुमार नेपाल पनि देउवा निवास पुगेका छन् । उपेन्द्र यादवलगायतका नेताहरु पनि बैठकमा सहभागी हुन पुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);