लगानीमैत्री वातावरण कायम राख्ने घानाका राष्ट्रपतिको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८३, बुधवार

लगानीमैत्री वातावरण कायम राख्ने घानाका राष्ट्रपतिको प्रतिवद्धता

घानाका राष्ट्रपति जोन ड्रामानी महामाले देशमा स्थिर र लगानीमैत्री वातावरण कायम राख्ने सरकारको प्रतिबद्धता दोहो¥याएका छन् । उनले विदेशी तथा स्वदेशी लगानीकर्तालाई घानामा लगानी गर्न आह्वानसमेत गरेका छन् । सोमवार शुरु भएको दुईदिने ‘इन्भेस्ट इन घाना समिट’ को उद्घाटन गर्दै राष्ट्रपति महामाले देशको आर्थिक सूचकमा सुधार, राजनीतिक स्थिरता र अन्तर्राष्ट्रिय बजारमा पहुँचलाई लगानीका लागि अनुकूल वातावरणका प्रमुख आधारका रूपमा प्रश्तुत गरे । उनले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्थाहरूले घानाको आर्थिक अवस्थाबारे सकारात्मक संकेत दिएको पनि उल्लेख गरे । स्ट्यान्डर्ड एन्ड पुअर्सले घानाको ‘बी माइनस’ रेटिङलाई स्थिर दृष्टिकोणसहित कायम राखेको, फिचले रेटिङ ‘बी’ मा बढाएको र मुडिजले दीर्घकालीन विदेशी तथा स्थानीय मुद्राको रेटिङ ‘बी३’ पु¥याएको उनले बताए । राष्ट्रपति महामाले घानालाई अफ्रिकाको स्थिर र भरपर्दो देशका रूपमा उल्लेख गर्दै लगानीकर्तालाई विश्वासका साथ लगानी गर्न आग्रह गरे । अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र (एएफसीएफटीए) को सचिवालय घानामा रहेकाले त्यहाँ स्थापना हुने व्यवसायले ठूलो क्षेत्रीय बजारमा पहुँच पाउने उनको भनाइ छ । सरकारले लगानीका लागि आवश्यक पूर्वाधार र स्पष्ट नीतिगत व्यवस्था उपलब्ध गराउने तर त्यसलाई उत्पादन, रोजगारी र निर्यात वृद्धिमा रूपान्तरण गर्ने जिम्मेवारी निजी क्षेत्रको हुने राष्ट्रपति महामाले बताए । उनले निजी क्षेत्रलाई उद्योग स्थापना, गुणस्तरीय वस्तु उत्पादन र रोजगारी सिर्जनामा सक्रिय हुन आग्रह गरेका छन् ।

Leave a Reply