नेपालमा लगानीमैत्री वातावरण बनेको अर्थमन्त्री खतिवडाको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालमा लगानीमैत्री वातावरण बनेको अर्थमन्त्री खतिवडाको दाबी

yubraj khatiwoda

काठमाडौं, २३ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

अमेरिकास्थित नेपाली दुतावासमा दुतावास र अन्तर्राष्ट्रिय वित्त संस्थाको संयुक्त आयोजनामा भएको लगानीकर्ताहरुको सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपाल लगानीको आकर्षक गन्तव्य मुुलुक भएको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे ।

स्थिर सरकार गठन भएकाले लगानीको लागि अनुकुल वातावरण बनेको, कानुनले लगानीकर्ताको नीजि सम्पत्तिको संरक्षण गर्ने सुनिश्चित गरेको, विदेशी लगानी, कर तथा श्रम काुननहरु लगानी मैत्री रहेको, लगानी बोर्डमार्फत एकल विन्दु सेवा प्रवाह गर्ने व्यवस्था मिलाईएको उनको भनाइ छ ।

अर्थमन्त्री खतिवडा विश्व बैंकको निर्देशक समितिको बैठकमा भाग लिन त्यसतर्फ गएका हुन् । यसैबीच, विश्व बैंकले नेपालको वित्तिय क्षेत्र सुधारका लागि करिब ११ अर्ब नेपाली रुपैयाँ सहयोग स्वीकृत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);