अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य : अर्थमन्त्री

yubraj khatiwada

काठमाडौं, १९ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रको सुधारका लागि सरकारले काम गरिरहेकाले निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताउनु भएको छ ।

नेपाल भारत उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको हो ।

उहाँले सरकारले लगानीको वातावरण निर्माण गर्नका लागि विभिन्न नीतिगत सुधार गरिसकेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले भारतीय लगानी भित्र्याउनका लागि नेपाल भारत उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बाउँदै विकास निर्माण, पर्यटन प्रवर्द्धन तथा कृषि उत्पादनलाई तिब्रता दिन पनि वैदेशिक लगानी आवस्यक रहेको बताउनु भयो ।

उहाँले विदेशी लगानीकर्ताले सजिलै नाफा लैजान पाउने तथा एकद्धार प्रणाली मार्फत सेवा पाउने व्यवस्था सरकारले गरेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा भारतीय राजदूत मन्जीव सिंह पुरीले नेपाल जनसंख्याको हिसाबले सानो मुलुक भएपनि बजारको हिसाबले ठुलो रहेको बताउनुभयो । नेपालले भारत र चीनको बिचमा रहेकाले वस्तु उत्पादन गरी निर्यात गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा लगानी भित्र्याउन नीतिगत सुधार गरिएसँगै विदेशी लगानीकर्ताले विभिन्न परियोजनामा लगानी बढाउन इच्छा देखाउनु सकारात्मक भएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

उहाँले सरकारले रेलमार्ग, पर्यटन, कृषि, जलविद्युत, पूर्वाधार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न खोजिरहेको समेत बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);