नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई अर्थमन्त्रीको आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई अर्थमन्त्रीको आह्वान

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं, २ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दावी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराउनु भयो ।

‘नेपाल–भारत लगानी प्रदर्शनी तथा सम्मेलन’ को दोस्रो दिन बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको पनि स्पष्ट पार्नु भयो । अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरुको अनुभव उपयोगी हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले दुई मुलुकबीचको व्यापार क्षेत्रको विस्तारका लागि सो सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भारतको ब्रान्डेड बस्तुहरुको अनुभव लिएर नेपालले पनि ब्रान्डेड बस्तुहरु उत्पादनमा जोड दिन सक्ने पनि स्मरण गराउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र ईन्डियन फ्रेन्जाइज कम्पनीको संयुुक्त आयोजनामा आयोजना गरिएको सो सम्मेलनमा ६० वटा भन्दा बढि ब्रान्डेड कम्पनीका उद्यमीहरु सहभागी भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);