बबरमहलस्थित आर्ट काउन्सिलमा राष्ट्रिय ललितकला प्रर्दशनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बबरमहलस्थित आर्ट काउन्सिलमा राष्ट्रिय ललितकला प्रर्दशनी

काठमाडौं, २ जेठ । काठमाडौंमा ‘नवौं राष्ट्रिय ललितकला प्रर्दशनी’ सुरु भएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरिएको सो प्रर्दशनीको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको हो ।

त्यस अवसरमा उहाँले सो प्रर्दशनीले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । उपप्रधानमन्त्री पोखरेलले कला, भाषा र साहित्यको क्षेत्रबाट मुलुकको समृद्धिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पु¥याउँदै आएको योगदानको पनि प्रशंशा गर्नु भएको थियो ।

कार्यक्रममा ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ वरिष्ठ कलाकारद्धय चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई प्रदान गरिएको थियो । उपप्रधानमन्त्री पोखरेलले कलाकारद्धय ताम्राकार र राईलाई नगद १ लाखसहित सो सम्मान प्रदान गर्नु भएको हो । नेपाली कला क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्यका साथ सुरु भएको सो प्रर्दशनी २० दिनसम्म चल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);