गलत दिशामा गइरहेको मुलुकको राजनीतिको प्रतिवादमा उत्रन उपप्रधानमन्त्री पोखरेलको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गलत दिशामा गइरहेको मुलुकको राजनीतिको प्रतिवादमा उत्रन उपप्रधानमन्त्री पोखरेलको आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आह्वान गरेका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् । जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।

निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो र्दुभाग्य हुने उपप्रधानमन्त्री पोखरेलले बताए । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।

उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको समेत जिकिर गरे । स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो ।

उनले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाईने पनि जानकारी गराए । उनले स्थानीयस्तरमा हुने विकास निर्माणलाई राजनैतिक रुपमा नहेर्न आग्रह समेत गरे । राजनैतिक रुपमा प्रतिस्पर्धा भएपनि विकास निर्माणमा मिलेर लाग्नुपर्नेमा उनले जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);