बालुवाटारमा सर्वदलीय बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री निकट एमालेका नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, राजन भट्टराई सहभागी छन् भने नेपाल पक्षका नेताहरु भने निम्तो नआएको भन्दै बेठकमा उपस्थित भएका छैनन् । त्यसैगरी बैठकका लागि निम्तो नआएको भन्दै माओवादी केन्द्र पनि बैठकमा उपस्थित भएका छैनन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, बालकृष्ण खाँण उपस्थित भएका छन् ।

जसपाबाट भने अध्यक्ष महन्थ ठाकुरसहित लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला उपस्थित भएका छन् । त्यसैगरी मजदुर किसान पार्टीका प्रेम सुवाल, जनमोर्चाका हिमालाल पुरी र राप्रपाबाट प्रकाशचन्द्र लोहनी उपस्थ्ति छन् ।

बैठकमा कोरोना संक्रमण, संसदको हिउँदे अधिवेशन, देशको पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल हुने बताइएको छ । कोरोना संक्रमण फेरि फैलिन थालेपछि प्रधानमन्त्री ओलीले कोरोनासहितका विषयमा दलहरुका सुझाव लिन लागेको बताइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);