बास्कोटालाई लेखा समितिमा पठाउने निर्णय फिर्ता गर्न ट्रान्सपरेन्सीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

बास्कोटालाई लेखा समितिमा पठाउने निर्णय फिर्ता गर्न ट्रान्सपरेन्सीको माग

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले संसदको सार्वजनिक लेखा समितिमा पूर्वमन्त्री गोकुल बास्कोटालाई सदस्य बनाउने निर्णय फिर्ता गर्न माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैँया घुस बापत लेनदेनको अडियो प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटालाई नै लेखा समिति सदस्यमा राख्नु सुशासनविरुद्ध भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले उक्त निर्णय फिर्ता लिन माग गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड लेनदेनको अडियो सार्वजनिक भई विवादित भएपछि सञ्चार मन्त्री सापकोटाले राजीनामा दिएका थिए ।

लेखासमितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो । लेखासमितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था छ । यस्तो अवस्थामा बास्कोटालाई नै लेखासमितिको सदस्य बनाएपछि सो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले बास्कोटलाई लेखासमितिमा पठाउन अनुचित भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गएको चैत ३० गते नेकपा एमाले ओली पक्षको आग्रहमा सभामुख अग्नि सापकोटाले विषयगत समितिका सदस्य हेरेफेर गर्ने क्रममा लेखा समितिमा बास्कोटालाई राखिएको थियो ।

सो निर्णय नेपाल सरकारको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता नीतिको प्रतिकुल भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);