सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सम्बन्धित सबैको छानबिन हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सम्बन्धित सबैको छानबिन हुन्छ : प्रचण्ड

dwandakalin-prachanda

धनुषा, ११ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताउनुभएको छ

आइतबार धनुषाको ठेरा कचुरीमा १५ दिने मध्यमा परिक्रमाको शुभारम्भ समारोहमा दाहालले बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएकोप्रति छानबीन गर्ने बताउनुभएको हो । उहाँले उक्त प्रकरणसँग जोडिएका हरेक विषयमा सम्बन्धीत सबैको छानबिन हुने पनि दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले उक्त बिषयमा सार्वजनिक लेखा समितिमा पनि छलफल भइरहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश २ को सरकारमा नेकपा सहभागी हुन कुराकानी थालिएको पनि खुलासा गर्नुभयो । उहाँले प्रदेश २ को सरकारमा सहभागी हुनका लागि नेकपाले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीसँग कुराकानी भइरहेको उल्लेख गर्नुभयो । तर सरकारमा सहभागी बन्ने मिति भने तय नभएको दाहालको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);