बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी, हदैसम्मको कारवाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी, हदैसम्मको कारवाही गर्न माग

sancharmantri-gokul

काठमाडौं, ११ फागुन । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिनको खरिद प्रक्रिया सुरु गर्न स्वीस कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ कमिसन मागेको अडियो गत बुधबार सार्वजनिक भएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उजुरीमा ऐनमा भएको व्यवस्था अनुसार भ्रष्टाचारको कसुरमा छानबिन गर्ने प्रष्ट आधार देखिने भएकोले आवश्यक छानबिन गरी हदैसम्मको कारवाही गर्न माग गरिएको छ ।

बाँस्कोटा विरुद्ध सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले अख्तियारमा उजुरी दिएका हुन् । प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग करोडौँ घुस मागेको र उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउन खोजेको अडियोमा स्पष्ट भएकाले भ्रष्टाचारजन्य कसुरमा छानबिन गरी हदैसम्मको कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

यसअघि पनि विभिन्न सरकारी ठेक्कामा बाँस्कोटाले हस्तक्षेप गरेकोले ती ठेक्काबाट पनि अनुचित लाभ लिएको हुनसक्ने सम्भावना रहेको उजुरीमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);