देउवाको प्रश्न- 'अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो ?' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

देउवाको प्रश्न- ‘अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो ?’

काठमाडौं, १८ फागुन । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्तादिनभन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडी गम्भिर नियत लुकेको बताउनुभयो ।

उहाँले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताउनुभयो । ‘हप्ता दिन पुग्दा पनि छानबिन नहुनुको पछाडी गम्भिर नियत छ । अडियो प्रष्ट सुनिन्छ । हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उहाँले भन्नुभयो ।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उहाँले प्रश्न समेत गर्नुभयो । ‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन् । छानबिन हुनुभन्दा पहिले तपाईले निर्णय दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गर्नुभयो ।

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाउनुभएको छ । ‘नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ । गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ । टेलिकमको प्रकरणमा अर्बौ भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटिसीलाई १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गर्नुभयो ।

उहाँले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिनुभयो । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उहाँले स्वेतपत्रप्रति आपत्ति जनाउनुभयो । उहाँले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गर्नुभयो ।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गर्नुभयो । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीलाई तिव्रता दिनुपर्ने देउवाले बताउनुभयो । विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहन पनि देउवाले आग्रह गर्नुभएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुनुहुन्थ्यो । संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);