नेकपाभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी : रघुजी पन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेकपाभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी : रघुजी पन्त

काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तले पार्टीभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी भएको बताउनुभएको छ ।

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा बोल्दै नेता पन्तले सरकार र पार्टीबाट समृद्धि र सुशासनको अपेक्षा गरिरहेका मतदाताहरु दुःखी भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले नेकपाभित्र जे—जस्तो कुरा देखा प¥यो । त्यो दुःखद हो । त्यसले नेकपालाई भोटहाल्ने मतदाता र अहिलेको सरकार र नेकपाबाट परिवर्तन, समृद्धि र सुशासनको अपेक्षा गरिरहेका नेपाली जनता, पार्टी कार्यकर्तालाई दुःखी बनाएको छ ।’

उहाँले प्रधानमन्त्रीको स्वास्थ्यलाभ गरेर फर्किपछि सबै समस्याहरुको समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयो । शीर्ष नेतृत्वले आत्मचिन्तन गरेर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पन्तले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय लोकतान्त्रिक नभएको बताउनुभएको छ । निर्वाचनमा पराजित भएको २ वर्ष नपुग्दै राष्ट्रियसभामा लैजाने कुरा लोकतान्त्रिक दृष्टिकोणले उपयुक्त नभएको उहाँले बताउनुभयो ।

‘राष्ट्रियसभा भनेको राष्ट्रका विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका, विश्लेषकहरु, पार्टीभन्दा बाहिर रहेका वा भित्रका विचारकहरुलाई पठाउने ठाउँ हो । प्रतिनिधिसभामा गल्ति भएका विधेयकहरु राष्ट्रियसभामा सच्याउन सकियोस भन्ने आशय हो । त्यसैले निर्वाचन हारेका, स्थानीय निर्वाचन हारेका राष्ट्रियसभामा पठाउने कुरा लोकतान्त्रिक ढंगले ठिक थिएन् ।’

उहाँले संविधान संशोधनको कुरा गलत समयमा गलत एजेण्डाका लागि पार्टीले बहसमा ल्याएको बताउनुभयो । संविधान संशोधनको बहस र विवाद बाहिर आएपनि अहिले पार्टीको एजेण्डाबाट हटिसकेको उहाँले बताउनुभयो ।

‘कुनैपनि राजनीतिक दलले ठिक एजेण्डा, ठिक समयमा, ठिक ढंगले अगाडी सार्नुपथ्र्यो त्यो संविधान संशोधनको एजेडा बेठिक समयमा, बेठिक ढंगले बेठिक कुरालाई लिएर सारिएको थियो । त्यसैले यो अहिले जनता र पार्टीको आवश्यकता थिएन् ।’

संविधान कार्यान्वयनको चरणमा रहेकाले अझै ८, १० वर्षसम्म संशोधनको एजेण्डा नेकपाले संसदमा लान नहुने उहाँको धारणा थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);