प्रतिनिधिसभा पुनर्स्थापना वा चुनाव जे भएपनि तयार रहन देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रतिनिधिसभा पुनर्स्थापना वा चुनाव जे भएपनि तयार रहन देउवाको निर्देशन

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्धा अदालतमा विचाराधिन भएकाले यस बारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने बताउनुभएको छा । चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको लागि तयारी गरिरहनुपर्ने भन्दै उहाँले आगामी दिनमा आउनसक्ने संसद पुर्नस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि निर्देशन दिनुभयो ।

नेपाली कांग्रेस आदिबासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिबासी जनजाति संघले बिहिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिबासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिबासी, जनजाति तथा दलितहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

उहाँले नेपाली कांग्रेस पार्टीले आदिबासी, जनजाति, महिला, दलित लगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकोले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताउनुभयो । कांग्रेस समावेशी पार्टी भएपनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । उहाँले भोली सरकार बनाउनुपर्ने अवस्थामा आदिबासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै जनतालाई आफ्नो पक्षमा ल्याउन काम गर्न नेताहरुलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुर्नप्राप्ति नै भएको भन्दै चुनाव वा पुर्नस्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने बताउनुभयो । प्रतिनिधि सभाको पुर्नस्थापना र निर्वाचन दुवै संवैधानिक बाटो भएको उहाँको भनाई छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिष्टहरुले निर्वाचन जितेसम्म नेपालमा समृद्धि नआउने बताउनुभयो । कम्युनिष्टले निर्वाचन जितेसम्म जातजाति तथा संस्कृतिको सशक्तिकरण पनि नहुने उहाँको भनाई छ ।

सहमहामन्त्री महतले नेपाली कांग्रेसले पार्टीलाई समावेशी बनाएको कुराको प्रचारलाई पनि मजबुद बनाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसले गरेको काम जनतामाझ पु¥याउन नसकेको उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);