सप्तरी घटनाका पीडितलाई क्षतीपूर्ति दिने प्रधानमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सप्तरी घटनाका पीडितलाई क्षतीपूर्ति दिने प्रधानमन्त्रीको प्रतिबद्धता

२४ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरी घटना दुःखद भएको बताउनुभएको छ ।

सप्तरी घटनाका पीडितलाई क्षतीपूर्ति दिने प्रधानमन्त्रीको प्रतिबद्धता

२४ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरी घटना दुःखद भएको बताउनुभएको छ ।

मंगलबार दोलखाको घ्याङसुकाठोकर गाबिसमा पूनर्निर्मित काकलिङ बौद्ध गुम्बाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सप्तरी घटना दुःखद भएको भन्दै घटनामा परी मृत्यु भएकाको परिवारलाई उचित क्षतीपूर्ति दिने र घाइतेको निशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचनमार्फत् संविधान कार्यान्यवन गर्ने राष्ट्रिय दायित्वका लागि जिम्मेवार भएर प्रस्तुत हुन दलहरुलाई आग्रह समेत गर्नुभयो । ठूलो संघर्ष र बलिदानीबाट प्राप्त संविधान कार्यान्वयन गर्नु राष्ट्रिय दायित्व भएको भन्दै उहाँले सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरिसकेको सन्दर्भमा सबै दलहरु जिम्मेवार भएर प्रस्तुत हुन जरुरी भएको बताउनुभयो ।

आदिबासी जनजाति, मधेशी, महिला, थारु लगायतका उत्पीडित समुदायका अधिकारलाई संविधानमा संस्थागत गर्न सरकार तत्पर रहेको उहाँको भनाइ थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);