आफुले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आफुले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी : प्रधानमन्त्री ओली

बुटबल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले लुम्बिनी प्रदेशद्धारा बुटबलमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले संविधान सम्मत र विशेषाधिकार प्रयोग गरेर आफुले प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको हो ।

आफ्नै पार्टीबाट काम गर्न नदिने र मुलुकलाई अस्थिरतामा धकेल्ने षडयन्त्र हुन थालेपछि आफुले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो । उहाँले आफुहरुले निर्वाचनमा प्रत्यक्ष तर्फ बहुमत र समानुपातिकमा ५० लाख मत प्राप्त गर्ने उद्घोष गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफुले अहिलेसम्म सुर्य चिन्ह बाहेक अरु चिन्हबाट नलडेको र आफुहरुले नै दर्ता गराएको भएकाले सुर्य चिन्ह कसको भन्नेमा विवाद गर्नुनपर्ने दाबी गर्नुभयो । उहाँले दाहाल–नेपाल पक्षको उद्देश्य देश विगार्ने रहेको आरोप लगाउनुभयो । विगतमा दाहालले युवाहरुमा विभिन्न प्रलोभन सहितका सपना देखाएको तर आज त्यो जमाना नरहेकाले भ्रमको जादु नचल्ने दाबी गर्नुभयो ।

उहाँले केही दिन अगाडी काठमाण्डौमा प्रचण्ड माधव समुहले गरेको सभालाई उहाँले गाली पुराणको संज्ञा दिनुभयो । माघ २८ गते आयोजित सभामा केपी ओलीलाई धपाउने भन्दै सबै बक्ताले लाईन लागेर गाली पुराण चलाएको उहाँको भनाई थियो ।

कार्यक्रममा उहाँले लुम्बिनी प्रदेशमा भएका विकास निर्माण तथा पुरातात्विक महत्वका विषयमा सरकारले गरेका कामहरुको पनि चर्चा गर्नुभयो । उहाँले फागुन ३ गते दोश्रो पटक प्रधानमन्त्री भएको ३ बर्ष पुगेको अवसरमा सरकारले गरेका कामहरु सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, अर्थ मन्त्री विष्णु पौडेल लगायतले सभालाई सम्बोधन गर्नुभएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलदेखि पाल्पा जोड्ने केबलकार शिलान्यास गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);