आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामको जवाफदेहिता लिन तयार छु : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामको जवाफदेहिता लिन तयार छु : प्रधानमन्त्री ओली

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताउनुभएको छ ।

आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ लिन तयार रहेको बताउनुभएको हो ।

आफुले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उहाँको भनाई छ ।प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादा माथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको बताउनुभयो ।

निर्वाचन आयोगलाई निर्वाचन नर्गन आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरित लागेको उहाँको भनाई छ ।उहाँले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकिकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताउनुभयो ।

विगत ३ वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);