परराष्ट्र मन्त्रीको भारत भ्रमण औपचारिकता मात्र कि उपलव्धिमूलक पनि ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

परराष्ट्र मन्त्रीको भारत भ्रमण औपचारिकता मात्र कि उपलव्धिमूलक पनि ? (भिडियोसहित)

काठमाडौं, ४ माघ । निकै चासोका साथ हेरिएको नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकले खासै नयाँ सन्देश दिन सकेन । नेपालका परराष्ट्र मन्त्री भारतको औपचारिक बैठकमा जांदा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने समय नमिल्नुले नेपाललाई निराश बनाएको छ ।

यसलाई नेपालको कुटनीतिक सम्बन्ध कमजोर भन्ने देखाएको छ । उच्चस्तरीय संयुक्त आयोगको बैठक नियमित हो । पहिले पनि यस्ता बैठक हुने गथ्र्याे, अहिले पनि भएको छ । भ्रमण खासै नौलो होइन । तर केही वर्ष यतादेखि नेपाल भारत सम्बन्ध चिसो भएको बेला परराष्ट्र मन्त्री स्तरमा संयुक्त आयोगको उच्च बैठक बस्नु आफैंमा सकारात्मक हो । यसले दुई देशबीच सम्बन्ध बढाउन सकारात्मक भूमिका नै खेल्छ । तर यो बैठकमा नै सबै एजेण्डा पेश गरेर छलफल गरेर निकास निस्कन्छ भन्ने आश राख्नु भने हुँदैन ।

एक दुई घण्टाको छलफलमा यति ठूलो दीर्घकालीन महत्व राख्ने विषयको किनारा लाग्न सम्भव पनि हुँदैन । कोभिडको भ्याक्सिन, अन्य आयोजनाहरुको विषयमा एजेण्डगत रुपमा छलफल भए पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी विषयमा रक्षामन्त्री राजनाथ सिंहसँग पछि वार्ता गर्ने गरी छलफल भएको देखियो । समकक्ष एस जयशंकरसँगको बैठकमा नेपालले कुरा उठाए पनि भारतले आफ्नो पुरानो पोजिसनमै रही टेक्निकल कमिटले हेर्छ भनेर सीमा विवादलाई पन्छाएको छ ।

यसले गर्दा नेपालमा प्रचार गरिए जसरी भारतले सीमा विवादलाई खासै स्थान दिएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग परराष्ट्र मन्त्रीले भेट्ने समय नमिलाउनु हाम्रै कमजोरी हो । कुटनीतिक पक्ष व्यवस्थित र दह्रो भएको भए यो अवस्था आउने थिएन ।

भारतीय रअका प्रमुखलाई बालुवाटारमा ३-४ घण्टा भेट्न समय मिलाउन तयार हुनेले यो भ्रमणलाई पनि प्राथमिकतामा पार्न सक्नु पथ्र्याे । तर भारतीय प्रधानमन्त्रीले भेट्न समय दिएनन भन्दैमा यसकै कारण सम्बन्ध चिस्सिने पनि होइन । यसलाई उचाल्नु हुँदैन ।

अन्तर्वार्ताको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);