नेपाल भारतबीचको वास्तविक वार्ता इतिहासमै पहिलो पटक हुँदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल भारतबीचको वास्तविक वार्ता इतिहासमै पहिलो पटक हुँदै (भिडियाेसहित)

नेपाल भारत वार्ताको प्रसंग फेरि चुलिएको छ । यस अघि लगातार चौंथो पटक भारतबाट एकतर्फी नेपालको भ्रमण भइसकेको सन्दर्भमा अब नेपाली टोली वार्ताको लागि भारत जाने तयारीमा छ । माघको पहिलो साता दुई मुलुकबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको हुने बैठकको मोटामोटी समय र विषय टुंगिएको छ । यस पटकको वार्तामा एजेण्डा जे जे तय गरिए पनि नेपालको प्राथमिकता सीमा अतिक्रमणपछिको नक्सा विवाद मिलाउनु नै रहेको छ ।

नेपालले खासगरी लिपुलेक, कालापानी विवाद, सीमा अतिक्रमण र इपिजी प्रतिवेदनलाई प्राथमिकतामा राखेको छ । नक्सा विवादलाई वर्षाैदेखि एजेण्डामा राख्नै नचाहेको भारत यस पटक भने जबर्जस्त तयार भएको छ । भारत तयार हुनुको कारण पछिल्लो नेपालको अडान नै हो । अझ यसमा भन्नु पर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको चटृानी अडान नै हो ।

प्रत्येक जस्तो सभा सम्मेलनहरुमा आफ्नो अभिव्यक्ति दिने क्रममा प्रधानमन्त्री ओलीले भारतसँगको कुनै न कुनै प्रकारको वस्तुगत विषयहरुमै बोल्दै आउनु भएको छ । भारतबाट भएको कालापानी क्षेत्र अतिक्रमणलाई प्रधानमन्त्रीले मूल एजेण्डा बनाउँदै आउनु भएको छ । प्रधानमन्त्रीले यसरी भारतसँग जोडिएका कुराहरु भन्दै आउँदा जनताले अर्कै महसुश गर्दै आएका छन् ।

प्रधानमन्त्री स्तरबाटै नक्सा विषयलाई विशेष रुपमा पटक पटक उठाईदै गर्दा अब चाहीं गुमेको भूमि फिर्ता आउँछ भन्ने आश र विश्वास जनतामा बढ्दै गएको पाइन्छ । संसद भित्र र बाहिर प्राय सभाहरुमा प्रधानमन्त्रीले गुमेको भूमि फिर्ता गर्ने अठोट दोहो¥याइ रहनु भएकोले पनि जनतामा विश्वास बढेको हो । भारतसँग जोडिएको विषयमा सरकारमा नभएका दलका नेताहरु नै बोल्न हिचकिचाइ रहेका बेला बहालवाला प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु ठूलो कुरा हो ।

यस अघि प्रतिनिधि सभाको बैठकबाटै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको नक्सामा राख्ने मात्रै होइन तथ्य र प्रमाणको आधारमा फिर्ता नै ल्याउने बताउनु भएका प्रधानमन्त्री ओलीले फेरि राष्ट्रिय सभाको बैठकमा पनि त्यही अठोट देखाउनु भएको छ । भारतसँगको सम्बन्धलाई समानताको आधारमा नयाँ उचाइमा पु¥याएर खुलस्त वार्ताको माध्यमबाट विवाद सुल्झाउने प्रधानमन्त्रीको चाहना छ ।

यो चाहना अहिले प्रधानमन्त्रीको मात्र नभइ सिंगो राष्ट्रको र सबै नेपाली जनताको नै भएको छ । यही चाहना बमोजिम प्रधानमन्त्रीको प्रस्तावलाई प्रतिनिधि सभाको यस अघिको बैठकले सर्वसम्मत पारित गरिसकेकै छ । लिम्पियाधुरा लिपुलेक क्षेत्रका विषयहरुमा प्रधानमन्त्रीले अडानको रुपमा राख्दै आउनु भएपछि कतिपयले प्रधानमन्त्रीको देखावटी खोक्रो राष्ट्रवाद भनेर आलोचना नगरेका पनि होइनन ।

विषय राष्ट्रको सझा सम्पत्ति हुँदाहुँदै पनि पार्टी भित्रैबाट यस किसिमको आलोचानाको शिकार प्रधानमन्त्री बन्नु भएको थियो । भूमि फिर्ता नै ल्याउँछु भन्दा वार्ता गरेर त देखाउ भनेर आएको चुनौतीलाई सहर्ष स्वीकार्दै प्रधानमन्त्री ओली भारतलाई वार्ताको एजेण्डामा नक्सा विवाद पार्न सफल हुनु भएको छ । सुगौली सन्धीपछि १४६ वर्षसम्म लिम्पियाधुरा क्षेत्र नेपालले भोग चलन गरेको इतिहास छ ।

विगत ५८ वर्षदेखि भने सो क्षेत्र भारतले कव्जा गर्दै आएको छ । कोरोना महामारीकै बहानामा अहिले नेपाल भारत सीमा नाका बन्द छ । यो पनि प्रधानमन्त्री ओलीकै अडानका कारण हो । यदि नाका बन्द नगरिएको भए कोरोना महामारीले नेपाल नराम्ररी प्रभावित हुन सक्थ्यो । नेपालको सार्वभौकिताको सन्दर्भमा यो संधै बन्द होस नै भन्ने जनताको चाहना छ ।

लामो समयदेखि ठप्प जस्तै रहेको नेपाल भारत राजनीतिक आवागमन गुप्तचर संस्थाका प्रमुख, भारतीय स्थल सेनाध्यक्ष, भारतीय विदेश सचिव, भारतीय जनता पार्टीका नेता हुँदै अहिले परराष्ट्र मन्त्री स्तरमा हुन लाग्नुले वातावरण संग्लिएको रुपमा देखिन्छ । भ्रमण र वार्ता औपचारिकतामा सीमित हुनु हुँदैन । नेपाली नेतृत्वले विगतबाट पाठ सिक्नु जरुरी देखिन्छ । यदि प्रधानमन्त्री ओलीले संघीय संसदको दुबै सदनमा बोलेका कुरा सही सावित भएमा नेपालको इतिहासमै ठूलो उपलव्धी हुनेछ ।

माघको पहिलो साता नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमण सकारात्मक भएमा लगत्तै सरकार प्रमुख स्तरमा दुई देशबीच भ्रमण हुने सन्दर्भहरु देखिएका छन् । यसअघिका कुनै पनि दुई पक्षीय वार्ता र बैठक हेर्दा नेपाली नेतृत्व भारतीय गोटी मात्र हुने गथ्र्याे, वार्ताहरु एकोहोरो हुने गथ्र्याे । अब भने दुईतर्फी हुने आशा बढेको छ । यी सबै सन्दर्भहरुले सकारात्मक रुप धारण गर्न सकेमा नेपाल भारत सम्बन्ध अहिले भन्दै आइएको जस्तै सांच्चिकै नयाँ उचाइमा जाने निश्चित छ ।

संधैभरी भारतीयहरुको स्वार्थमा मात्र गोटी बन्दै आएको नेपाली नेतृत्वले अब क्रम भंग गर्ने दिन आएको छ । यदि यसो हुन सकेमा अबको नेपाल भारतबीचको वार्ता वास्तविक वार्ता र नेपालको इतिहासमै पहिलो वार्ता हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);