सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी : नेता जोशी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी : नेता जोशी

काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिनुभएको छ ।

आइतबार पोखरामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले त्यस्तो चेतावनी दिनुभएको हो । नेकपाको सरकार बनेदेखि मुलुकको लोकतान्त्रिक प्रणालीलाई सिध्याउने काम भएको उहाँको आरोप छ ।

कार्यक्रममा केन्द्रीय सदस्य बद्री पाण्डेले प्रधानमन्त्रीकोे पछिल्लो कदम असंवैधानिक भएको बताउनुभयो । साथै, अर्का केन्द्रीय सदस्य जीवन परियारले कांग्रेस चरणवद्ध आन्दोलनमा होमिएको भन्दै अब प्रधानमन्त्रीलाई सडकमा नल्याई विश्राम नलिने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);