प्रतिनीधि सभा विघटन गर्ने सरकारको कदमबाट संविधान र जनमतको अपमान भएको हो : अध्यक्ष नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रतिनीधि सभा विघटन गर्ने सरकारको कदमबाट संविधान र जनमतको अपमान भएको हो : अध्यक्ष नेपाल

काठमाडौं, ५ माघ । नेकपा दाहाल—नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनीधि सभा विघटन गर्ने सरकारको कदमबाट संविधान र जनमतको अपमान भएको बताउनुभएको छ ।

दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति समेत सहयोगी भएर प्रतिनीधि सभा विघटन गरेको आरोप लगाउनु भएको हो । बर्दिया जील्लाको गुलरियामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै नेता नेपालले उक्त आरोप लगाउनु भएको हो ।

अध्यक्ष नेपालले मुलुकमा पटक–पटक प्रतिनीधि सभा विघटन हुने विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था राखिएको जिकिर समेत गर्नुभयो ।

बर्दियामा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्ज युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य वर्षमान पुन, लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीलगायत नेताहरुको पनि उपस्थीति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);