दाहाल–नेपाल पक्षको आगामी माघ ९ गतेको आन्दोलन भयंकर बनाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दाहाल–नेपाल पक्षको आगामी माघ ९ गतेको आन्दोलन भयंकर बनाउने तयारी

काठमाडौं, ५ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्ध सडकमा उत्रेर आफू लाठी खान तयार रहे को बताउनु भएको छ ।

नेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने र आफू अग्रपंक्तिमा रहेर लाठी खान तयार भएको बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको मुद्दबारे अदालतलाई र नेकपा आधिकारिकता बारे निर्वाचन आयोगलाई धम्क्याउदै हिँडेको आरोप लगाउनुभयो । त्यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले मुलुकमा तानाशाही व्यवस्था लाद्न खोजेको आरोप लगाउनुभयो ।

यसअघि आइतबार नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा समेत दाहालले सम्बोधन गर्नुभएको थियो । दाहाल–नेपाल पक्षले यही माघ ९ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);