पार्टी एकता जोगाइराख्न सधै तयार छु:पुष्पकमल दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पार्टी एकता जोगाइराख्न सधै तयार छु:पुष्पकमल दाहाल

prachanda-2plus1

काठमाडाैं,५ मंसिर। सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता जोगाइराख्न आफू तयार रहेको बताउनुभएको छ । शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसंगको भेटमा दाहालले उक्त कुरा बताउनु भएको हो ।

भेटमा दाहालले पार्टी एकताको डोरी नचुँडिएको पनि बताउनु भएको जनाइएको छ । महासचिव पौडेल र उपनेता नेम्वाङले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादमार्फत् पार्टी विवाद हल गर्ने भूमिका खेल्न दाहालसंग आग्रह गर्नुभएको थियो ।

नेकपाको आन्तरिक कलह उत्दकर्शमा पुगेसंगै पछिल्ला दिनमा ओली र दाहालबीच बीच संवाद हुन सकेको छैन । ।दुई अध्यक्ष बीच विवाद बढ्दै जाँदा दाहालले गत कार्तिक २८ गते सचिवालय बैठकमा छुट्टै राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो भने मंसिर १३ हुने बैठकमा ओलीले छुट्टै प्रतिवेदन पेश गर्ने बताउनुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);