अमेरिकाको जोर्जियामा भएको पुनः मतगणनामा बाइडेन नै विजयी | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

अमेरिकाको जोर्जियामा भएको पुनः मतगणनामा बाइडेन नै विजयी

एजेन्सी,५ मंसिर। अमेरिकाको जोर्जियामा भएको पुनः मतगणनामा पनि राष्ट्रपति निर्वाचित जो बाइडेन नै विजयी हुनुभएको छ ।जोर्जिआमा बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १२ हजार २ सय ८४ मत अन्तरले हराउनुभएको निर्वाचन अधिकारीहरुले बताएका छन् ।

त्यसैगरी जोर्जियाका मन्त्री ब्राड राफेनस्पेर्गरले हातैले गरिएको पुनः मतगणनाले नतिजा परिवर्तन नगरेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन । राष्ट्रपति ट्रम्पले जोर्जियामा व्यापक धाँधली भएको बताउँदै पुनः मतगणना गर्न माग गरेपछि झन्डै ५० लाख मत हातैले गनिएको थियो ।

वाइडेन सन् १९९२ पछि जोर्जियामा चुनाव जित्ने पहिलो डेमोक्रेटिक उम्मेदवार बन्नु भएको छ । तीन दशकलेखि रिपब्लिकन पार्टीको पकड रहँदै आएको जोर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनको जितलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो पटक सन् १९९२ मा डेमोक्रेटिक पार्टीका तर्फबाट बिल क्लिन्टनले जोर्जियामा निर्वाचन जित्नु भएको थियो । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन भएको थियो । जसमा बाइडेन बिजयी हुनुभएको छ ।

Leave a Reply

ताजा समाचार