अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयीः अमेरिकी शहरहरुमा उत्सव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयीः अमेरिकी शहरहरुमा उत्सव

एजेन्सी, २३ कार्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडेन विजयी हुनुभएको छ ।

मत गणनाको पछिल्लो रिपोर्टअनुसार वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन बिजयी हुनुभएको हो ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी भए पनि विजयी हुनुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । जितसँगै उहाँले राष्ट्रपति भवन ह्वाइट हाउसको यात्रा सुनिश्चित गर्नुभएको हो ।

अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा विजयी ध्वजा फहराउँदै बाइडनले जीत निकाल्नु भएको हो । फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २९० इलोक्टोरल मत पुगिसकेको छ । जबकी ट्रम्पका पक्षमा २१४ मत मात्र रहेको छ ।

बाइडनको जीतको घोषणा भइरहँदा त्यही पराजय ब्यहोर्नुभएका वर्तमान राष्ट्रपति ट्रम्पले भने कानूनी संघर्षमा जाने बताउनुभएको छ । अघिल्लो निर्वाचनमा ट्रम्पले जित्नुभएको एरिजोना, जर्जिया, पेन्सिलभानिया, विस्कन्सिन, मिचिगन जस्ता महत्वपूर्ण राज्यको इलेक्टोरल मत आफ्नो पोल्टामा पार्दै बाइडन राष्ट्रपति कार्यालय ह्वाइट हाउसको यात्रा निश्चित गर्नुभएको हो ।

अमेरिकी निर्वाचन प्रणालीअनुसार राष्ट्रपतिमा निर्वाचित हुन ५३८ मध्ये २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);