गृह राज्यबाट जो बाइडेन सम्बोधन : 'हामी अगाडि छौँ। जित्नेछौँ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गृह राज्यबाट जो बाइडेन सम्बोधन : ‘हामी अगाडि छौँ। जित्नेछौँ’

एजेन्सी, २२ कार्तिक । अमेरिकी राष्ट्रपति पदका डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनले आफूहरु जितको मार्गमा रहेको भन्दै देशलाई एकजुट बनाउन सबै मिलेर काम गर्नुपर्ने बेला आएको बताउनु भएको छ ।

गृह राज्य डेलवरको विलमिङटनमा आज सम्बोधन गर्दै बाइडेनले आफुले राष्ट्रपति दौड जित्ने दाबी गर्दै देशमा कोरोना भाइरसको महामारी नियन्त्रण पहिलो प्राथमिकता हुने बताउनु भयो ।

साथै गिरेको अर्थतन्त्र उकास्नुपर्ने, संस्थागत रुपमा रहेको रंगभेद, जलवायु परिवर्तन सहितका टड्कारो समस्या समाधानको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले अब जनताको आवाज सुन्नका लागि नेतृत्व सम्हाल्ने दाबी समेत गर्नुभएको छ । सम्बोधनकै क्रममा उहाँले अहिलेको आवश्यकता सबै एकीकृत भएर देशका लागि लाग्नु पर्ने बताउनु भयो ।

अमेरिकी उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिस पनि उपस्थिती रहेको उक्त सम्बोधनमा बाइडेनले मतभेदहरु थाँती राखेर देशका लागि एक हुनुपर्नेमा जोड दिंदै आफु प्रतिस्पर्धी हुन सक्ने तर शत्रु नहुने धारणा राख्नुभयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा ‘धाँधली भएको भनिरहेका बेला बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरि एकताको सन्देश दिनुभएको हो ।

यसैबीच बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट गरेको सम्बोधनमा वैध मतका आधारमा आफू विजयी भएको दाबी गर्दै विपक्षीले अवैध मतका आधारमा जित्न चाहेको प्रतिक्रिया दिनुभएको छ ।

पेन्सिलभेनियामा पराजित भएमा ट्रम्पको दोस्रो कार्यकाल ह्वाइट हाउसमा रहने सपना औपचारिक रुपमा सकिने छ । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५सय ३८ मध्ये २ सय ७० इलेक्टोरल कलेज मत चाहिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);