ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको बाइडेनको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको बाइडेनको आरोप

एजेन्सी , ५ भदौ । अमेरिकाको डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको आरोप लगाउनु भएको छ । शुक्रबार डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको चौथो दिन आफ्नो सम्बोधनको क्रममा बाइडेनले अबको राष्ट्रपतिको चुनाव अन्धकार अन्त्यका लागि रहेको बताउनु भयो ।

पछिल्लो झण्डै चार वर्षमा अमेरिकाले इतिहासमा सबैभन्दा खराब समय र अधन्कारको सामना गरेको बताउँदै बाइडेनले आफू अँध्यारोको नभई उज्यालोको सारथी वा पक्षपाती रहेको उल्लेख गर्नुभयो । पूर्व उपराष्ट्रपति समेत रहनु भएका बाइडेनले राष्ट्रपति ट्रम्पले अमेरिकामा अति धेरै आक्रोश, त्रास र विभाजन निम्त्याएको समेत उल्लेख गर्नुभयो ।

सम्बोधनमा बाइडेनले आफ्नो आधा शताब्दी लामो राजनीतिक जीवनका अनुभव समेट्नु भएको थियो । ७७ वर्षका बाइडेन स्पष्ट रुपमा आम चुनावको अभियानमा जुटेको देखिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

आगामी नोभेम्बर ३ मा हुने चुनावमा बाइडेनले ७४ वर्षका रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्नु पर्नेछ । उहाँले डरको सट्टा आशा,काल्पनिक कथाको सट्टा सत्य तथ्य र विशेषाधिकारको ठाउँमा निष्पक्षता रोज्न अमेरिकी नागरिकहरुलाई अपिल गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);