अमेरिकी राष्ट्रपति बाइडेनद्वारा संसदको दुवै सदनलाई संयुक्त सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा संसदको दुवै सदनलाई संयुक्त सम्बोधन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व समुदायमा अमेरिकाको नेतृत्वदायी भुमिका कायम राख्न आन्तरिक रुपमा राजनीतिक मत भिन्नता रहे पनि सहकार्यको खाँचो रहेको बताएका छन् ।

आफ्नो कार्यकालको पहिलो १ सय दिन पुगेको अवसरमा बिहीबार बिहान अमेरिकी संसदको हाउस अफ रिप्रिजेनटेटिभ र सिनेटको संयुक्त सत्रलाई सम्बोधन गर्दै बाइडेनले अमेरिकी जनजीवनमा सकारात्मक प्रभाव ल्याउने र विश्व मञ्चमा नेतृत्वदायी भूमिका खेल्नु आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।

अमेरिकाको इतिहासमा दुई शक्तिशाली महिलालाई पृष्ठभूमिमा राखेर स्टेट अफ दि युनियन सम्बोधन गर्ने बाइडेन अमेरिसकाको पहिलो राष्ट्रपति पनि भएका छन् । उपराष्ट्रपति कमला ह्यारी र सभामुख न्यान्सी पेलोसीको उपस्थितिमा बाइडेनले सदनको संयुक्त सत्रलाई सम्बोधन गरेका हुन् ।

सम्बोधनको क्रममा आर्थिक मुद्दालाई प्राथमिकतामा राखेको भन्दै बाइडेनले पूर्वाधार विकासका लागि ल्याइएको चार ट्रिलियन डलर बराबरको महत्वकांक्षी योजनाबारे बिस्तृतमा बताउने प्रयास गरे ।

रोजगारी सिर्जना, सामाजिक सुरक्षा, बाल स्याहार, शिक्षा तथा समताको पक्षमा आफ्नो प्रशासनले काम गरेको र त्यसका लागि राजनीतिक विचारधारा भन्दा माथि गएर सहकार्यको अपेक्षा रहेको बाइडेनको भनाइ छ । उनले आप्रवासनका मुद्दामा असहमतिलाई थाँती राख्दै सहमत हुने विषयमा मिलेर काम गर्न रिपब्लिकनसँग अपिल गरे ।

कोरोना भाइरसको महामारीलाई जित्नु आवश्यक रहेको भन्दै उनले खोप लगाउन सबै अमेरिकीसँग अपिल पनि गरे । रिपब्लिकन सिनेटर टिम स्कटले जवाफी सम्बोधनमा बाइडेनको योजना ‘झुठ वा समाजवादी सपना’ मात्रै रहेको दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);