आफ्ना नागरिकलाई चाँडो भारत छाड्न अमेरिकाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आफ्ना नागरिकलाई चाँडो भारत छाड्न अमेरिकाको आग्रह

एजेन्सी । भारतमा कोरोना संक्रमण भयावह बनेपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न आग्रह गरेको छ । अमेरिकाले बुधबार चौथो तहको ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छोड्न आग्रह गरेको हो । चौथो तहको ट्राभर एडभाइजरीलाई निकै गम्भी प्रकृतिको मानिन्छ ।

भारतमा कोरोना संक्रमण बढ्नुका साथै स्वास्थ्य सेवाको समेत अत्यन्त अभाव हुन थालेको भन्दै अमेरिकाले यस्तो आग्रह गरेको हो ।

त्यसैगरी अमेरिकी विदेश मन्त्रालयले ट्विट गर्दै बढ्दो कोरोना संक्रमणका कारण स्वास्थ्य सेवाको पहुँच अत्यन्त सीमित बन्दै गएको हुँँदा भारत छाड्न चाहने अमेरिकी नागरिकहरुले हाल उपलब्ध विभिन्न विकल्पहरु प्रयोग गर्न पनि सुझाएको छ ।

पछिल्लो केही साता यता भारतमा कोरोना सुनामी नै बनेको छ । दैनिक संक्रमित संख्याका साथै दैनिक मृत्यु हुनेको संख्या पनि निकै उच्च रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै तीन लाख ७९ हजार बढीमा कोरोना पुष्टि भएको छ भने ३६ सय बढीले ज्यान गुमाएका छन् । त्यहाँका अस्पतालहरुमा स्वास्थ्य सामाग्रीका साथै अक्सिजनको चरम अभाव भईरहेको छ ।

विश्वका धेरै मुलुकहरुले भारतबाट यात्रु आउनमा समेत रोक लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);