अष्ट्रेलिया र अमेरिकाले पनि लगायो भारतबाट आउने विमानमा प्रतिवन्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अष्ट्रेलिया र अमेरिकाले पनि लगायो भारतबाट आउने विमानमा प्रतिवन्ध

एजेन्सी । कोभिड १९ महामारी भयानकसँग फैलिएको भारतबाट आउनेलाई अमेरिका र अष्ट्रेलियाले पनि प्रतिवन्ध लगाएको छ । यस अघि विभिन्न देशले भारतसँगको बन्द गरिसकेका छन् ।

भारतमा कोभिड–१९ को महामारीले विकराल रुप लिएको र एकसाथ कोरोना भाइरसका विभिन्न भेरियन्ट देखिएकाले अष्ट्रेलिया सरकारले आपतकालीन निर्णय गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस अघि अष्ट्रेलिया सरकारले भारतमा रहेका आफ्ना नागरिक र अष्ट्रेलियामा बसोबास गर्दै आएका भारतीय नागरिकलाई आउजाउ गर्न १४ दिनको समय दिएको थियो । उक्त समय सिमा मे दुई तारिखमा सकिँदै छ । त्यसैले मे तीनबाट प्रवेशमा रोक लाग्ने भएको हो ।

यो निर्णय उल्लंघन गर्नेलाई पाँच बर्षसम्मको जेल र आर्थिक जरिवाना समेत हुन सक्ने अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेक हुन्टद्धारा जारी विज्ञप्तीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

‘हामी भारतीय जनता र भारतीय–अष्ट्रेलियाली समुदाय प्रति चिन्तित छौं । त्यहाँबाट आउँदा अष्ट्रेलियामा रहेका परिवार, आफन्तहरु खतरामा पर्छन् । त्यसैले हामी यो प्रतिबन्ध लगाउन बाध्य भयौं’– स्वास्थ्य मन्त्री ग्रेक हुन्टको विज्ञप्तीमा उल्लेख छ ।

अष्ट्रेलियाले भारतबाट हुने हवाई सेवा गत मंगलबारबाट बन्द गरिसकेको थियो । तर, कतार लगायत अन्य देश हुँदै भारतीयहरु अष्ट्रेलिया गइरहेका थिए ।

यो प्रतिबन्धको विषयमा मे १५ मा पुनर्विचार गरिने जनाइएको छ ।

उता अमेरिकाले पनि भारतबाट आउजाउमा रोक लगाउने निर्णय गरेको छ । आगामी मे ४ बाट लागू हुनेगरी भारतबाट आउनेलाई रोक लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर यो प्रतिबन्ध अमेरिकी नागरिक र ग्रीन कार्ड बाहेकलाई भने लागु नहुने सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा कोभिड–१९ को सबै खालका भेरियन्टहरु फैलिरहेको र मृत्युदर समेत अत्याधिक भएकाले यस्तो निर्णय गरिएको जनाइएको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);