इण्डीयन प्रिमियर लिग क्रिकेटबाट खेलाडीले नाम फिर्ता लिन थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

इण्डीयन प्रिमियर लिग क्रिकेटबाट खेलाडीले नाम फिर्ता लिन थाले

एजेन्सी । भारतमा जारी इण्डीयन प्रिमियर लिग क्रिकेट आइपीएलबाट खेलाडीहरु बाहिरिन थालेका छन् । दिल्ली क्यापिटल्सका अनुभवी बलर रविचन्द्रन आश्विनले जारी आईपीएलका बाँकी खेल नखेल्ने भएका छन् । उनले ट्वीट गर्दै जारी आईपीएलका बाँकी खेल नखेल्ने घोषणा गरेका हुन् ।

आश्विनले कोरोना भाइरस महामारीका कारण आफुले आईपीएलका बाँकी खेल नखेल्ने बताएका छन् । उनको निर्णयलाई दिल्ली क्यापिट्ल्सले पनि स्वीकार गरेको छ । आश्विनले कोरोना भाइरसविरुद्ध लड्न र आफ्नो परिवारलाई सहयोग गर्नका लागि आईपीएलबाट नाम फिर्ता लिएको जनाएका छन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरका बलरद्वय एडम जम्पा र केन रिचर्डसन पनि जारी आईपीएलबाट बाहिरिएका छन् । जम्पा र रिचर्डसन व्यक्तिगत कारणले अष्ट्रेलिया फर्किने भएकाले उनीहरु आईपीएलका बाँकी खेलका लागि उपलब्ध नहुने जनाइएको छ ।

आरसीबीले ट्वीट गर्दै जम्पा र रिचर्डसनको निर्णयलाई स्वागत गरेको जनाएको छ । तर, दुबै खेलाडी अष्ट्रेलिया फर्किनुको कारण भने खुलाईएको छैन । पछिल्लो समय कोरोना भाईरसका कारण आईपीएलबाट खेलाडीले नाम फिर्ता लिने क्रम बढ्दो छ ।

कोरोनाका कारण आयोजक देश भारतनै प्रभावित बनेपछि खेलाडीले आईपीएलबाट नाम फिर्ता लिन थालेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);