इण्डियन प्रिमियर लिग आईपीएल सेप्टेम्बर १९ बाट शुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इण्डियन प्रिमियर लिग आईपीएल सेप्टेम्बर १९ बाट शुरु हुँदै

एजेन्सी,३१ भदाै । चर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग आईपीएल यसपटक संयुक्त अरव एमिरेट्सको युएईमा सञ्चालन हुदैँछ । आईपीएलको १३ औं सिजन यही सेप्टेम्बर १९ तारिखदेखि शुरु हुन लागेको हो । उद्घाटन खेल युएइको आवुधाबीस्थित शेख जायद रंगशालामा हुने जनाइएको छ ।

पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स आमने सामने हुने छन् । सबै टिमले आईपीएलको तयारी तीब्र पारेका छन् । आइपीएल हुनेभएपछि उपाधि कसले जित्ला भन्ने चासो पनि सबैतिर हुन थालेको छ ।

कोरोना महामारीका कारण भारतमा आईपीएल हुन नसकेपछि युएईमा सारिएको हो । अहिलेसम्म मुम्बई इन्डियन्सले सर्वाधिक चार पटक आईपीएलको उपाधि जित्दा चेन्नाई सुपर किंग्सले तीन पटक उपाधिको स्वाद चाखेको छ । यसका साथै कोलकता नाइट राइडर्स २ पटक च्याम्पियन बनेको छ ।

यसैगरी सनराईजर्स हैदरावाद र राजस्थान रोयल्सले एक– एक पटक उपाधि जितेका छन् । किंग्स इलाभेन पञ्जाव, रोयलच्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सले अहिलेसम्म आईपीएलको ट्रफि उचाल्न पाएका छैनन् । यो सिजनको आईपीएलका लागि सबै टिमको बलियो दावेदारिता रहेको छ । आइपीएलमा ८ वटा तिमले प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);