लिग वानमा आज पीएसजी र मेट्ज भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लिग वानमा आज पीएसजी र मेट्ज भिड्दै

एजेन्सी, ३१ भदौ । साविकको विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वान फुटबलमा आज राती मेट्जसँग प्रतिस्पर्धा गर्दैछ । पीएसजी र मेट्जबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

नयाँ सिजनको तेस्रो खेलको रुपमा पीएसजीले मेट्जसँग खेल्न लागेको हो । घरेलु मैदानमा पिएसजी मेट्जविरुद्ध पहिलो जित निकाल्ने दाउमा रहेको छ । यस्तै पीएसजी पहिलो अंक जोड्ने योजनामा पनि रहेको छ ।

नयाँ सिजनमा दुई खेल खेल्दा पीएसजीले अंक जोड्न सकेको छैन । पीएसजी अघिल्ला दुई खेलमा पराजित भएको थियो ।पीएसजी सिजनको पहिलो खेलमा लेन्स र दोस्रो खेलमा मार्सेलीसँग पराजित भएको थियो । त्यसकारण तेस्रो खेलमा पीएसजी जित निकाल्ने दाउमा छ ।

पीएसजीविरुद्ध मैदान उत्रदा मेट्ज पनि पहिलो जितको खोजीमा रहेको छ । मेट्जले पनि अघिल्लो दुई खेल गुमाएको थियो ।यस सिजन पीएसजी १८ औं स्थानमा रहेको छ । मेट्ज १७ औं स्थानमा रहेको छ । दुबै टोली एक अर्कालाई हराएर अंक जोड्ने दाउमा रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);