पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश

एजेन्सी, २९ साउन । पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुधबार राति लिस्बनमा भएको पहिलो खेलमा पीएसजीले एटलान्टामाथि २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा ईटालियन क्लब एटलान्टाले खेलमा अग्रता बनाएको थियो । पीएसजीको कमजोर डिफेन्सको फाईदा उठाउँदै २६ औं मिनेटमा मारियो पसालिसले एटलान्टालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा केलियन एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजीको अग्रपङ्तीमा सुधार आयो । खेलको अन्तिम मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो मोटिङले पीएसजीलाई पुनरागमन जित दिलाए । जीतसँगै पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

पीएसजीले सेमिफाईनलमा एट्लेटिको मड्रिड र आरबी आईपेजिंगबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);