च्याम्पियन्स लिग फुटबल : पीएसजीसँग गलातासारे पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

च्याम्पियन्स लिग फुटबल : पीएसजीसँग गलातासारे पराजित

football

एजेन्सी, २६ मंसिर । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी अपराजित रहँदै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित हुने कीर्तिमान कायम गर्ने क्रममा पीएसजीले गलातासारेलाई ५–० गोल अन्तरले पराजित गरेसँगै नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलमा मौरो ईकार्डीले दिलाएको अग्रतालाई पाब्लो सर्वियाले दोब्बर बनाउने काम गरेका थिए भने दोस्रो हाफको पहिलो मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । केलियन एमबाप्पले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए र खेल सकिन ६ मिनेट अघि ईडिन्सन काभानीले पेनाल्टीमा गोल गर्दै ५–० को प्रभावशाली जित दिलाए । जितसँगै पीएसजीले समूह एको दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग ५ अंकको अग्रता सहित अन्तिम १६ मा प्रवेश गर्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);