आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश

एजेन्सी, १२ मंसिर । आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत बिहीबार राति भएको खेलमा जित निकाल्दै आर्सनलले अघिल्लो चरणका लागि स्थान पक्का गरेको हो ।

खेलमा आर्सनलले मोल्डेलाई ३–० गोल अन्तरले ले पराजित गरेको छ । आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् । मोल्डेको मैदानमा पेपेले ५० औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा नेल्सनले गोल गर्दा आर्सनल २–० ले अघि रह्यो । त्यसपछि खेलको ८३ औं मिनेटमा बालोगनले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए । जितपछि चार खेलबाट १२ अंक बनाएको आर्सनलले अन्तिम ३२ मा स्थान बनाउने पक्का भएको छ ।

त्यस्तै समूह ‘जे’ अन्तर्गत भएको खेलमा लुडोगोरेट्स राज्ग्राडलाई ४–० ले पराजित गरेको टोटनह्यामले पनि नकआउट चरणमा स्थान बनाउने अवस्थामा पुगेको छ । टोटनह्यामका लागि अल्भेस मोराइजले दुई तथा विन्क्स र लुकास मौउराले एक–एक गोल गरे । जितपछि उसको ९ अंक भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);