आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा

एजेन्सी । इंग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति क्वाटरफाइनलको दोस्रो लेगमा स्लाभिया प्रागलाई ४–० गोल अन्तरले पराजित गर्दै समग्रमा ५–१ को जितसहित आर्सनल अन्तिम चारमा पुगेको हो ।

आर्सनलले चेक रिपब्लिकको क्लबविरुद्ध पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको थियो । तर, दोस्रो लेगमा एकतर्फी जित निकाल्यो । आर्सनललाई जित दिलाउन एलेक्स्जेन्ड्रा लाकाजेटले दुई गोल तथा निकोलस पेपे र बोकायो साकाले एक÷एक गोल गरे ।

खेलको १८ औं मिनेटमा पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै २१ औं मिनेटमा लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २–०, को अग्रता दिलाए । त्यस्तै खेलको २४ औं मिनेटमा साकाले गोल गर्दै टिमको अग्रता ३–० को बनाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा लाकाजेटले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४–० को जित दिलाए । अब आर्सनलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);