आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश

एजेन्सी, १४ फागुन । बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा बेन्फिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम १६ मा पुगेको हो ।

पहिलो लेगमा पोर्चुगिज क्लबसँग १–१ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ४–३ को जितसहित प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । ग्रीसको एथेन्समा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई तथा किएरण टीएर्नेले एक गोल गरे ।

बेन्फिकाका लागि डिएगो गोनकाल्भेस र राफा सिल्भाले एक÷एक गोल फर्काए । खेलको २१ औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा डिएगोले गोल गर्दै बेन्फिकालाई १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको ६१ औं मिनेटमा सिल्भाले गोल गर्दै बेन्फिकालाई २–१ को अग्रता दिलाए । तर, ६७ औं मिनेटमा किएरणले गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८७ औं मिनेटमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);