सिटीसँग बोरुसिया डर्टमण्ड २–१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सिटीसँग बोरुसिया डर्टमण्ड २–१ गोल अन्तरले पराजित

एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४–२ को नतिजासहित सिटी अन्तिम चारमा पुगेको हो ।

डर्टमण्डको मैदानमा भएको खेलको १५ औं मिनेटमा जुड बेलिङघमले गोल गर्दै डर्टमण्डलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । यस जितसँगै सिटी आठौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

पहिलो लेगमा सिटीले डर्टमण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो । सिटीले अब सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);