जीतपुरसिमरा गोल्डकप : आर्मीसँग वीरगञ्ज स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जीतपुरसिमरा गोल्डकप : आर्मीसँग वीरगञ्ज स्तब्ध

श्याम गुप्ता
बारा । बाराको सिमरामा जारी ११ औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत बुधवार बेलुकी भएको दोस्रो खेलमा त्रिभुवन आर्मी फूटवल क्लब विजयी भएको छ ।

जिल्लाको सिमरा स्थित रंङ्गशालामा भएको रात्री खेलमा वीरगञ्ज युनाईटेड क्लबलाई ४–१ ले पराजित गर्दै आर्मीले क्वाटरफाईनलमा स्थान सुरक्षित बनाएको हो ।

आर्मीलाई जीत दिलाउन जर्ज प्रिन्स कार्की एक्लैले दुई गोल गर्दा सन्तोष केसी र सुशान्त चौधरीले एक÷एक गोल आफ्नो नाममा दर्ता गराए । वीरगञ्जका लागि एक मात्र गोल तुर्धन चौधरीले गरे ।

सुरुुवाती समय देखि नै वीरगञ्जलाई दवाबमा राखेको आर्मीले खेलको २४औं मिनेटमा सन्तोष केसीले टिमलाई अग्रता दिलाएका थिए । वीरगञ्ज युनाईटेडको फित्तलो रक्षापंपक्तिको फाईदा उठाउँदै आर्मीले लगातार गोलको वर्षा ग-यो।

खेलको ४१औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले व्यक्तिगत पहिलो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । वीरगञ्जका खेलाडीले फल गरे पछि पाएको फ्रि किकको सदुपयोग गर्दै उनले बललाई सजिलै जाली चुमाएका थिए ।

पहिलो हाफमा निकै दवाबमा परेको वीरगञ्जले ईन्जुरी समयमा थप एक गोल खान पुग्यो । चार मिनेट थपिएको ईन्जुरी समयको दोस्रो मिनेटमा सुशान्त चौधरीले थप एक गोल गर्दै खेल ३–० को स्थितीमा पु-याए ।

स्टार खेलाडी बिनै मैदानमा उत्रिएको आर्मीले खेलमा राम्रो प्रदर्शन ग-यो । त्यसैगरी आर्मीका जर्ज प्रिन्स कार्कीले ४८ औं मिनेंटमा व्यक्तीगत दोस्रो गोल गर्दै गोल अन्तर फराकिलो पारेका थिए ।

खेलको म्यान अफ दि म्याच समेत बनेका कार्कीले डि बक्स भित्रैबाट गरेको प्रहारलाई सहजै गोलमा परिणत गरिदिए ।

पहिलो हाफमा निकै दवाबमा परेको वीरगञ्ज दोस्रो हाफमा भने केही लयमा फर्किएको थियो । फल स्वरुप खेलको ६१ औं मिनेटमा एक गोल फकाउन सफल भए । चतुर्धन चौधरीले डि बक्स भित्र पाएको बलको सदुपयोग गर्दै टिमलाई सान्त्वना गोल दिलाएका थिए ।

त्यस अघि पाएका थुप्रै राम्रा अवसरको सदुपयोग गर्न नसक्दा वीरगञ्जले आर्मी सामु लज्जास्पद हार बेहोर्नु प-यो ।

प्रतियोगिता अन्तर्गत बिहीबार बेलुकी भरतपुर एफसी चितवन र बागमती युवा क्लब सर्लाहीबिच हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);