आर्मी सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आर्मी सेमिफाइनलमा

काठमाडौं । नेपाल आर्मीले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा भनिमण्डल भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे । राजुले खेलको छैटाैँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । विकर्णले १६औं मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए । हरीले ४९औं मिनेटमा गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाए । आर्मीका हरि म्यान अफ द म्याच घोषित भए ।

लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए  । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाएका थिए ।

एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समयअवधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);