टी-२० विश्वकपमा आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

टी-२० विश्वकपमा आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज  दुई खेल हुँदैछ । शुक्रबार शारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए । यस्तै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । आज पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ । पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो ।

पाकिस्तान दुई खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा छ । अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ । अफगानिस्तान एक खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।सुपर-१२ को समूह-१ मा इंग्ल्यान्ड दुई खेलमा दुई जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलियाकाे दुई खेलमा समान  ४ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । 

समूह बी मा पाकिस्तान दुई खेलमा दुई जितका साथ शीर्षस्थानमा छ । अफगानिस्तान एक खेलमा एक जितका साथ दोस्रो स्थानमा छ । नामिबिया एक खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंकविहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);